पुलमाथि खोला बग्दा अरनिको राजमार्ग अवरुद्ध

डिसी नेपाल
२१ भदौ २०७८ ८:५८
500
Shares

काठमाडौं । अविरल वर्षाले काभ्रेको पुण्यमाता खोलामा आएको बाढीले बनेपा पुलबजार क्षेत्र डुबानमा परेको छ। डुबानका कारण अरनिको राजमार्गमा यातायात संचालनसमेत अवरुद्ध भएको छ।

पुण्यमाता खोला धनेश्वर पुलमाथिबाट बगेपछि यातायात अवरुद्ध भएको काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए। खत्रीका अनुसार पुल भन्दा करिब दुईसय मिटरमाथिबाट पानी बगेको छ।

विहानैदेखि यातायात अवरुद्ध बनेको प्रहरीले जनाएको छ। नदीमा पानीको बहाव हेर्दा तत्काल बाढी कम हुने अवस्था रहेको खत्रीले बताए। उनले जेसिबी प्रयोग गरेर सवारीसाधन खोल्ने प्रयास भइरहेको जानकारी दिए।

उक्त डुवानका कारण बनेपा–पनौती सडक अवरुद्ध भई यातायात ठप्प रहेको छ। बनेपाको पुलबजार र गोदामचोकाको धनेश्वर पुल आसपास वर्षेनी डुवानमा पर्दै आएको छ। मानव बस्तीले खोला साँगुरो पार्दै आएपछि डुवान हुन थालेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.