मेलम्चीको तीन ठाउँमा पहिरो, हेलम्बु सडक फेरि अवरुद्ध
सिन्धुपाल्चोक । अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ र १३ काे तीन ठाउँमा पहिरो खसेको छ। पहिराले हेलम्बु सडक फेरि अवरुद्ध भएको छ।
मेलम्ची-१२ बाहुनेपाटी र १३ मेलम्ची-जिरोकिलो सडक खण्डस्थित फटकशिलामा पहिरो खसेको हो। मेलम्ची इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले निरन्तरको वर्षाले पहिरो पन्छाउन नसकिएको बताए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment