फुटबल बादशाह पेलेको पेटको शल्यक्रिया

डिसी नेपाल
२२ भदौ २०७८ ९:३४
104
Shares

रियो दि जेनेरियो। ब्राजिलका फुटबल बादशाह पेलेको पेटको शल्यक्रिया भएको छ। उनको पेटभित्र पलाएको ट्युमर शल्यक्रियामार्फत काटेर फालिएको हो।

८० वर्षीय पेले ६ दिनदेखि अस्पतालमा थिए। आफ्नो पेटभित्रको शंकास्पद घाउ फालेपछि अहिले विजय मनाइरहेको उनले बताएका छन् । ‘भाग्यवश मैले पनि तपाइहरुसँगै ठूलो विजय मनाएको छु’ पेलेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनुहारमा चमक, आशा र आनन्द बोकेर यो खेललाई मैले सामना गर्नेछु ।’ आफ्नो उपचारमा संलग्न सबै चिकित्सकलाई उनले धन्यवाद दिएका छन्।

यसअघि पेले बिरामी परेको र एकपटक बेहोस भएको भन्ने विवरण सार्वजनिक भएका थिए। गत साता परीक्षणका क्रममा दायाँ पेटको भित्री भागमा ट्युमर देखिएको उनले बताएका थिए। सन् २०२० को फेब्रुवरीमा पेलेका छोरा इडिनहोले बाबु राम्रोसँग हिँड्न नसकेको र धेरै दिन बाहिर नगएको बताएका थिए।

पेलेको स्वास्थ्यलाई लिएर पछिल्लो समयमा उनका प्रशंसकले चासो देखाउन थालेका छन् । सन् २०१५ मा उनको प्रोस्टेट सर्जरी भएको थियो। त्यसको ६ महिनापछि उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो। त्यस्तै, सन् २०१९ मा उनलाई पिसाबको संक्रमण भएको थियो । आफ्नो २१ वर्ष लामो फुटबल जीवनका क्रममा पेलेले १३ सय ६३ खेल खेलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *