तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा
काठमाडौं । तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको छ। तालिबान समूहका मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री भएका छन्।
उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन आयोजना गरी बताएका छन्। सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएका छन् ।
मुल्लाह ओमारका छोरा मुल्लाह मोहम्मद याकुबलाई रक्षामन्त्री बनाइएको छ । तालिबान बाहेकका अन्य पक्षबाट पनि मन्त्रिपरिषद्मा समावेश गर्न व्यापक माग भैरहेपनि नयाँ क्याबिनेटमा अन्यको नाम समावेश गरिएको छैन । विदेशमन्त्रीमा मुल्लाह आमिर खान मुत्ताकी छन् ।
यो सरकारलाई कामचलाउ अर्थात अन्तरिम सरकार भनिएको छ । अगस्ट १५ मा काबुललाई नियन्त्रणमा लिएपछि पहिलोपटक तालिबानले सरकारको घोषणा गरेको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment