अमेरिका र चीनका राष्ट्रपतिबीच वार्ता, तनाब घटाउने बारेमा छलफल
न्युयोर्क । चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ। सात महिनापछि पहिलो पटक दुई नेताबीच टेलिफोन वार्ता भएको हो।
दुई देशका सरकारप्रमुखबीच समसामयिक विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि दुई नेताबीच यो दोस्रो पटक वार्ता भएको हो।
व्यापार, जासुस र कोभिडलगायतका विषयबारे दुई देशबीचको तनाब बढ्दो छ । शक्ति सम्पन्न दुई राष्ट्रबीच उत्पादन र त्यसको निर्यातमा प्रतिष्प्रर्धा छ । प्रतिष्प्रर्धालाई द्वन्द्वमा रुपान्तरण हुनबाट जोगाउने बारेमा विषयमा दुई नेताबीच छलफल भएको थियो ।
यसै वर्षको सुरुमा बाइडेन प्रशासन र चिनियाँ प्रतिनिधिबीच भएको एउटा उच्च तहको वार्तामा तनाब देखिएको थियो । दुबै देशका अधिकारीहरुले एक अर्कालाई आरोप प्रत्यारोप लगाएका थिए । अमेरिकाले अन्य देशलाई चीनमाथि हमला गर्न दुरुत्साहन गरेको चिनियाँ अधिकारीले अमेरिकालाइ आरोप लगाएका थिए । अर्कोतर्फ, अमेरिकाले जासुसी गरेको बेइजिङको आरोप थियो।







डिसी नेपाल







Facebook Comment