गैंडालाई हेलिकोप्टरबाट उद्दार गरिएको तस्विरले पायो आइजी नोवेल पुरस्कार

डिसी नेपाल
२५ भदौ २०७८ १३:५२
5.8k
Shares

लन्डन। के तपाइँले बेहोस पारिएका जनाबरलाई डोरीमा खुट्टा बाँधेर हेलिकप्टरमा एक स्थानबाट अर्को स्थानमा लग्दै गरेको देख्नु भएको छ? अवस्य पनि विभिन्न भिडियोमा यस्ता उद्दारका दृश्य देख्नु भएको होला ।

हेर्दा निकै साहसी र रमाइला लाग्ने यस्ता उद्दारले जोखिममा परेका धेरै जनाबरको ज्यान जोगिएको छ। नामिवियामा यसैगरी एक स्थानबाट अर्को स्थानमा गैडाको उद्दार गर्ने समूहले यस वर्षको आइजी नोवेल पुरस्कार प्राप्त गरको छ । आइजी नोवेल विभिन्न क्षेत्रमा एतिहासिक उपलब्धी गरे वापत दिइने प्रसिद्ध नोवेल पुरस्कार भने होइन्।

सानो तर अनौठो र हाँसो लाग्दो विषयमा भएका उपलब्धीलाई आधार मानेर बर्सेनि यो पुरस्कार वितरण गरिन्छ। यस्तै, रमाइलो उपलब्धी नामिवियाका बन्यजन्तु विज्ञले गरेका थिए।

नामिवियामा कर्नेल युनिर्भसिटिका बन्यजन्तुसम्बन्धी विज्ञले १२ ओटा गैंडालाई हेलिकप्टरमार्फत एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गरेका थिए। गैडालाई डोरीमा झुण्डाएर १० मिनेटसम्म हेलिकप्टरमा उडाइएको थियो। बेहोस पारिएका गैंडालाई उत्तानो पारेर चार खुट्टा बाँधेर उडाइएको थियो। घोप्टो पार्दा मुखबाट रगत बग्ने आशंकामा उत्तानो पारेर बाँधिएको थियो ।

नोबेल पुरस्कार विभिन्न सात विधामा दिइए जस्तै यो पुरस्कार १० क्षेत्रमा प्रदान गरिन्छ। पुरस्किृत हुने अन्य समूहमा चपाएर सडकमा फालिएको चुईङगमको व्याक्टेरियाको अध्ययन गर्नेदेखि समुद्रमा चल्ने युद्धपोत जहाजमा साङ्ला नियन्त्रण गर्ने समूह छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *