मध्यपूर्वमा फेरि तनावको संकेत, इजरायलले प्यालेस्टाइनीमाथि गाजामा हवाइ आक्रमण गर्यो
काठमाडौं। इजरायलको सेनाले आइतबार गाजा पट्टीमा हवाइ आक्रमण गरेको छ । सेनाले जवाफी कारवाहीको रुपमा गाजा पट्टीमा आक्रमण गरेको बताएको छ । इजरायली सेनाका अनुसार प्यालेस्टाइनी क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण भइरहेको थियो । त्यसैको जवाफी कारवाहीस्वरुप यो हवाइ आक्रमण गरिएको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार इजरायलको कडा सुरक्षा युक्त जेदबाट ६ जना प्यालेस्टाइनी कैदहिरु फरार भएपछि दुवै पक्षबीच पछिल्ला केही दिनमा तनाव बढेको छ । यद्यपि इजरायली सुरक्षा बलले भागेका मध्ये ४ जना कैदीलाई फेरि पक्राउ गरेको छ । इजरायली पक्षका अनुसार भागेका मध्ये २ जनालाई शुक्रबार समातिएपछि गाजा पट्टी तर्फबाट रकेट प्रहार हुन थालेको थियो ।
शनिबार अन्य २ जनालाई समातिएपछि फेरि गाजा तर्फबाट रकेट प्रहार भएको थियो । इजरायली सेनाको तर्फबाट जारी बयानमा इजरायलको तर्फबाट जवाफी कारवाहीमा चरमपन्थी संगठन हमासका अड्डाहरुलाई निशाना बनाइएको थियो । यी आक्रमणमा के कति क्षति भयो भन्ने अहिलेसम्म प्रस्ट छैन ।







डिसी नेपाल







Facebook Comment