हवाई आक्रमणमा कम्तीमा २० हुथी विद्रोहीको मृत्यु
साना । साउदी नेतृत्वले हुथी विद्रोहीलाई लक्षित गरी गरिएको हवाई हमलामा कम्तीमा यमनको मारिब प्रान्तमा कम्तीमा २० हुथी लडाकू मारिएका सरकारी सैनिक स्रोतले आइतबार जनाएको छ ।
राहबा जिल्लामा अग्रमोर्चामा लडिरहेका सैनिक अधिकारीले नाम गोप्य राख्ने शर्तमा सिन्ह्वासँग भने, “हवाई हमलाले शनिबार साँझ राहाबा जिल्लामा हुथी लडाकूको अग्रदस्तालाई निशाना बनाएको र चारवटा पिकअप गाडीमा रहेका २० भन्दा बढी लडाकूको मृत्यु भएको छ ।”
यसैबीच, हुथीद्वारा सञ्चालित अल–मसिरा टिभीले शनिबार मारिबको पश्चिमी जिल्ला राहाबा, जबल मुराद र सिर्वाहका अग्रपङ्क्तिमा १७ हवाई हमला भएको जनाएको छ तर आक्रमणबाट के कति क्षति भएको थियो भन्ने बिषयमा विवरण दिएको छैन ।
गत हप्ता सरकारी फौजसँगको उत्तेजक लडाइँपछि हुथी विद्रोहीहरू राहाबा जिल्लाको मध्य शहर अल–कुलामा प्रवेश गरेका थिए । इरान समर्थित हुथी सैन्य लडाकू दस्ताले फेब्रुअरीमा साउदी नेतृत्वको समर्थन रहेको यमनी सरकारको तेल सम्पन्न अन्तिम उत्तरी गढलाई प्रान्तको नियन्त्रणमा पार्ने प्रयासमा मारिबमा ठूलो आक्रमण गरी यस क्षेत्रलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment