उत्तर कोरियाद्वारा लामो दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण

डिसी नेपाल
२८ भदौ २०७८ १०:४९
152
Shares

सोल (बीबीसी)। उत्तर कोरियाले सफलतापूर्वक एउटा नयाँ प्रकारको लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको जनाएको छ।

उक्त क्षेप्यास्त्रले जापानको धेरै भागमा प्रहार गर्न सक्ने उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ।

उसका अनुसार शनिवार र आइतवार दुईवटा क्षेप्यास्त्र परीक्षणका लागि प्रहार गरिएको थियो।

दुवै क्षेप्यास्त्र १,५०० किलोमिटर टाढासम्म पुग्न सक्ने उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले गत ज्यानुअरीमा पदभार ग्रहण गरेलगत्तै उत्तर कोरियाले क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको थियो।

ब्यालिस्टीक क्षेप्यास्त्र र आणविक कार्यक्रमका कारण प्योङयाङमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको छ।

उत्तर कोरियासँग लामो समयदेखि कायम कूटनीतिक गतिरोधका विषयमा टोक्योमा अमेरिका, जापान र दक्षिण कोरियाका अधिकारीहरूबीच हुन लागेको छलफलको पूर्वसन्ध्यामा पछिल्लो परीक्षण गरिएको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *