तालिबानविरुद्ध अफगानी महिलाहरुको विद्रोह, #DoNotTouchMyClothes अभियान सुरु

डिसी नेपाल
२९ भदौ २०७८ १६:१७

काठमाडौं। अफगानी महिलाहरुले सामाजिक संजालमा रंगीन र परम्परागत पहिरनमा आफ्ना तस्वीर शेयर गरिरहेका छन् । बीबीसीले यस्ता केही महिलाहरुसँग कुरा गरेको छ र उनीहरुको मुद्दा बुझ्ने कोसिस गरेको छ । तपाइँ गुगलमा ‘अफगानिस्तानको पारम्परिक परिधान’ टाइप गर्नुहोस् र तपाइँ रंगले भरिएका उनीहरुका सांस्कृतिक पहिरन देखेर दंग पर्नुहुनेछ । उनीहरुको हरेक पोसाक तपाइँलाई खास लाग्नेछ ।

हातको कढाइ, भारी भरकम डिजाइन, छातीनजिकै करीनासँग जोडिएका साना साना सिसा जसमा तपाइँ आफ्नो छवि देख्न सक्नुहुन्छ, लामो घाघरा जो अफगानिस्तानको राष्ट्रिय नृत्य उट्टनको लागि फिट देखिन्छन् । केही महिलाहरु कढाइदार टोपी पनि लगाउँछन् । केहीका स्कार्फ पनि भारी भरकम हुन्छन् । तर यो यसमा निर्भर गर्छ कि लगाउने महिला अफगानिस्तानको कुन क्षेत्रकी हुन् । विगत २० वर्षदेखि अफगानिस्तानका महिलाहरु दैनिक जीवन होस् वा काम गर्ने ठाउँ वा कलेर युनिभर्सिटीमा यस्तै पहिरन लगाउँदै आएका छन् ।

सामाजिक संजालमा अभियान

यही बीच एउटा अनौठो कुरा पनि भएको छ । पूरै शरीरलाई ढाक्ने कालो रंगको अबाया लगाएका महिलाहरुले पछिल्लो हप्ता तालिबानको समर्थनमा एउटा र्याली निकाले । काबुलमा यो र्यालीमा भाग लिने एक महिलाले भनिन् कि आधुनिक कपडा लगाउने र मेकअप गर्ने अफगान महिलाहरुले देशका मुस्लिम महिलाहरुको प्रतिनिधित्व गर्दैनन् । क्यामेराको अगाडि उनले भनिरहेकी थिइन् ‘हामी महिलाहरुको लागि यस्ता अधिकार चाहँदैनौं जो विदेशी हुन् र शरीया कानुनसँग मेल खाँदैनन् ।’

तर यसपछि विश्वभरका अफगान महिलाहरुले तालिबानलाई जवाफ दिनको लागि सामाजिक संजालको सहारा लिए । अफगानिस्तानमा एक अमेरिकी विश्वविद्यालयमा इतिहासकी प्रोफेसर रहेकी डा. बहार जलालीले सुरु गरेको सामाजिक संजाल अभियानमा अन्य अफगान महिलाहरुले आफ्नो परम्परागत पहिरनलाई अगाडि ल्याउँदै #DoNotTouchMyClothes र #AfghanistanCulture जस्ता ह्याशट्यागको प्रयोग गरे ।

बहार जलालीका अनुसार उनले यो अभियान यसकारण सुरु गरेकी हुन् किनकि अफगानिस्तानको पहिचान र उसको सम्प्रभुतामाथि आक्रमण भएको थियो । हरियो रंगको अफगान पहिरनमा उनले आफ्नो तस्वीर शेयर गर्दै अन्य अफगान महिलाहरुसँग ‘अफगानिस्तानको वास्तविक’ अनुहार देखाउन अपिल गरिन् । उनले भनिन् ‘म विश्वलाई यो बताउन चाहन्थें कि मिडियामा तालिबान समर्थक र्यालीका क्रममा जो तस्वीर तपाइँहरुले देख्नुभयो त्यो हाम्रो संस्कृति होइन । त्यो हाम्रो पहिचान होइन ।’

पहिचानका लागि अभियान

यो तालिबान समर्थक र्यालीमा महिलाहरुले जस्ता कपडा लगाएका थिए त्यो देखेर कैयौं मानिसहरु चकित परे । परम्परागत रुपमा रंगीन कपडा लगाउने अफगानीहरुको लागि पूरै शरीर ढाक्ने कपडा एक विदेशी अवधारणजस्तै थिए । अफगानिस्तानको हरेक क्षेत्रका आफ्ना पारम्परिक पहिरन छन् । यति विविधता हुँदाहुँदै पनि जे कुरा साझा छ त्यो यो हो कि ती कपडाहरुको रंग सिसा र इम्ब्रेइडरीको निकै प्रयोग गरिन्छ । यी सबै महिलाहरु यो कुरामा विश्वास गर्छन् कि उनीहरुको कपडा नै उनीहरुको पहिचान हो ।

भर्जिनियामा एक मानवअधिकार कार्यकर्ता स्पोजमे मसीदले ट्वीटरमा लेखिन् ‘यो हाम्रो वास्तविक अफगान ड्रेस हो । अफगान महिलाहरु यति रंगीन र सलीकेदार कपडा लगाउँछन् । कालो रंगको बुर्का कहिल्यै पनि अफगानिस्तानको रपारम्परिक पहिरन थिएन ।’ मसीद भन्छिन् ‘हामी शताब्दीऔं देखि एक इस्लामिक देश रहेका छौं र हाम्रा आमा हजुरआमा सभ्यताका साथ आफ्नो पारम्परिक पहिरन लगाउँछन् । उनीहरु न त नीलो चदरी लगाउँथे न अरबीहरुको कालो बुर्का । हाम्रो परम्परागत पहिरन ५ हजार वर्षको हाम्रो समृद्ध संस्कृति र इतिहासको प्रतिनिधित्व गर्छन् । हरेक अफगानलाई यसमा गर्व हुन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *