कथा : प्यासको सिलसिला…

डिसी नेपाल
२ असोज २०७८ ९:२५

गोफ्ले आज निरास छन्। सधै सबैलाई थर्काउने, ध्वाँस दिने उनी आज सबैको अगाडि हारेको झै खास गिरेको अनुभूति गर्दै सुक्सुकाउदै छन्।

शोर्‍ह खुट्टे पाटिमा सबै जम्मा भएका छन्। भलादमीहरु खासखुस गर्दैछन्। के गर्ने, कसो गर्ने ?  मौनता भित्र लज्जा मिसिएकाे छ। समाजमा अन्योलता छ।गोफ्लेको अनुहार चहकिलो छैन। मलिन र युद्ध हारेको योद्धा झै मुख घोपट्याएर बसेको छ।

ल भन गोफ्ले के भो ?  जिम्वाल बाेले।  ‘आजको छलफल सुरु भो । हिजोको घटना बिस्तार गर्नको लागि म गोफ्लेलाई भन्छु।’ आँखाभरी आँसु र पराजित मनस्थितिमा देखिन्छ गोफ्ले। सकि नसकी उभिन्दै बोल्न थाल्याे तर स्वर निस्केन। रुन पो थाले गोफ्ले त। सबैले सम्झाए ।हामी छौं पिर नगर नडरा। जे भन्नू छ भन के भो हिजो ?

सुक्सुकाउदै गोफ्ले  बोल्न थाल्याे। ‘हिजाे जङलमा बन फडानि हुँदै थियो। मैले देखेपछि जङ्गल भित्र छिरेँ। रुख काट्नेहरुलाई लखेट्दै जाँदा जङ्गलको लन्थासी नजिकै पुगेँ। त्यहाँ चार जना महिला र पाँच जना पुरुषले ठूलो रुख काट्दै रहेछन्। उनीहरु पनि म माथि आइलाग्न थाले । दुबै ठाउँका फडानी गर्नेहरू जम्मा भएर मलाई समाते कुटे।

अनि रुखमा बाँधेर दाउराले खुट्टामा ढाडमा निक्कै बेर हाने।  म एक्लो केही गर्न सकिन । चिच्याएँ । तर, कसैले सुनेन। उनीहरु अब हामीलाई समाते तँलाई मारीदिन्छु भन्दै हिडेँ। अब बन तिर न आउनु भन्दै गए। आए राम्रो हुन्न भन्दै गए।म अब यो बनपालेको काम गर्दिन। ज्यानको प्रवाह नहुने रहेछ। म एक्लै मान्छे अनि कसरी सकिन्छ र ?’

बन मासेर सकिने भो बन सकिएपछि पानी सुक्छ। हरियाली सुक्छ। सबै यही बन मास्ने मात्र छन्। जोगाउने कोहि छैन। हिजो जे भयाे त्यो मान्छेलाई कारवाही गर्नु पर्‍याे पन्चायतले। छ गाउँका मानिसको घाँस दाउराको आश्रीत बन यहीछ। ठूला रुख काटिँदै छन्। बिचरा एउटा बनपालेले मात्र के गर्न सक्नु। तै पनि कडा मिजासका गोफ्ले दिनहु बन हेर्छन। बन जोगाउनमा उस्को ठूलो भूमिका छ।

‘सधै घाँस र पतकर मात्र लिए त हुन्थ्याे नि। राम्रो र ठूलो रुख ढाल्छ्न्। बुट्यान मात्र बाँकी हुने बेला भो। बनको संरक्षकत्व पचायतको हो। तर, पन्चायतले एउटा पालेको भरमा छोडेको छ।’ गाेफ्ले बाेल्दै थियाे।

लामो बहस पछि गोफ्लेको कुरा नै सबैले स्वीकारे। बन जोगाउन र बजारमा पानीको व्यवस्थापन गर्ने सहमति गरे। खाने पानी धाराबाट लिने।नुहाउन र लुगा धुन बन र खोल्सा तिर जाने। जुगेपानी, दर्शनधारा, तिनधारा, लन्थासी, वतिकटेकुवा, महादेवथान, खुवाइहिटीमा, जुद्धधाराबाट खानेपानीको आपुर्ति मात्र लिने दिने र जङ्गलको संरक्षण गर्न प्रशासनको सहयोग लिने निर्णय भयो।

तर, गोफ्लेलाई मन परेको थिएन। बन मास्नेलाई खोजेर कारवाही गर्नु पर्ने र आफू अब एक्लै जङ्गल नजाने भन्ने कुराको जवाफ नपाएर गाेफ्लेले असन्तुष्टि जनायाे। जङ्गलमा भएका सबै घटनामा खासै ध्यान नदिए झै भान भयाे गोफ्लेलाई। तर, जिम्वालले तेसो होइन हामी आवश्यक सुरक्षाको लागि प्रशासन कार्यालयमा परिपत्र गर्छौ ।र, तपाइँलाई पनि आवस्यक सहयोगी थप्छौ भने पछि बल्ल मौन सहमति जनाए उनले।

पानीको अभाब बढिरहेको छ बजारमा। सधै सय सय दुई सय गाग्री लाइन हुन्थे धाराको अगाडि। दिनहुँ झगडा महिलाहरुको। कोही कोहीको कपाल भुत्ल्याउनु एक दुई दिन बिराएर झगडा नभएको हुन्नथ्यो । पानीको व्यवस्थापन कठिन हुँदै थियाे।

नयाँ जिम्मेवारी थपिएको छ गोफ्लेलाई। अब उपरान्त सात वटै जुद्धधारामा लुगाधुने र नुहाउन नपाउने नियम गाउँ पन्चायतले लगाएको छ। र, धारामा मात्र खाने पानी लिन पाउने छ बिहान छ बजेदेखि दस बजेसम्म धारा आउने र साँझ चार बजेदेखि राती आठ बजेसम्म खानेपानी बितरण हुन थाल्यो। अरु समय धरा बन्द गर्ने। तर, कुनै पनि धारामा दुई तीन सय गाग्री घटी हुन्न थियो।

मुख धुने र कोइलाले दात माझ्ने, कोही कोहीले दत्तिवनले नि माझ्थे। तर, धेरैले कोइलानै प्रयोग गर्थे। पछिपछि रातो धुलो दन्तमन्जन पनि आउन थाल्यो त्यो बजारमा हत्तपत्त पाउँदैन थियाे। काठमाडाैं  वा बाहिरबाट आएकाहरुले प्रयोग गर्थे। करुवा, पूजाथाली, गाग्री धेरैले बोकेर आउँथे।  जिल्ला सदरमुकाम भएकोले कर्मचारी र पुलिसका श्रीमतीहरु डराइडराइ पानी थाप्थे। किन कि भाषा नबुझ्नु र नयाँ भएकाले अलि अप्ठ्याराे मान्थे।

हामी बच्चा केटाहरु शनिबार आफ्नो लुगा लिएर कहिले तिनधारा, लन्थासी कहिले दर्शनधारा र जुगेधारा जान्थ्याैं। नुहाउँने,  हप्ता भरिको जुत्ता मोजा सर्ट पाइन्ट धुन्थ्याैं। त्यसताका घरघरमा शौचालय थिएनन्।  हामी बारिको पाटामा जान्थ्याैँ। महिलाहरु बिहानै चार बजे उठेर क्वाच्चा, रान्नापुखु , पिपलबोट र हखङ्गपुहु मुनि जान्थे। धेरै जसो मान्छेहरु सडक किनारमै बिस्ट्याउँथे।

फोहर अनि पानीको अभावले झाडापखाला र हैजा लागेर धेरै मानिसकाे ज्यान जान्थ्याे। मानौ शहरको पानीले सबैभन्दा ठूलाे अभाव र दुःख भाेग्दै आएको छ।

बजारमा पुरानो ढुङ्गा बिच्छ्याएकाे हुँदा बिग्रिएर हिँड्न अपठ्याराे  थियो। कार्तिक-मंसिर तिर आगन भरी धान सुकाउने ठाउँ पाइन्थ्याे। हामी बिहान स्कुल जानु अघि, साँझ र राती धान छोपेको माथी सुरि खेल्ने गर्थ्याैँ । राती धान चोर्छ भनेर केटाहरु धान कुरेर बस्ने गर्थ्याैँ।  रात भर गीत गाउने, कथा भन्ने गरिन्थ्याे। राति अबेरसम्म गाउने र कथा भन्ने काम हुन्थ्याे।

एक त साथीहरूसँग रमाइलो, अर्को डर भगाउनु पनि थियाे। हामीले धान कुर्ने काम गर्थ्याैँ। धान तान्ने, ओल्ट्याउने र पल्टाउने काम आमा, हजुरआमा, काकी र भाउजूहरुले गर्नुहुन्थ्याे। वरपर बसेर निफन्ने र भुस हटाउथे। त्यस्ताे देखेपछि हाम्राे वालमनस्थिति रमाउँथ्याे।

मनोरञ्जनको अरु साधन थिएन शनिबार आएपछि पाइपको घर्घच्चा बनाउथ्याैँ।  साथिभाइ खेल्दै कहिले टुडिखेल कहिले सिशापाखा र अरनिको राजमार्गको पक्कुच्चा, भमरकोटसम्म पुग्थ्याैँ। सिमी, गुच्चा, खोप्पी र डण्डीबियो र पित्ता खेरेर लाखलखको जित हार गथ्याैँ। चुरोतको बट्टा पैसा मानेर खेल्थ्याैँ।

लालीगुँरासको एक रुपैया पनामा चुरोटको बट्टा दश, गैंडा चुरोतको बट्टा पचास, याक चुरोटको सय पाँच सय, पच्पन्नको एक हजार भन्दै खेल्थ्याैँ। दिनमा, साँझ र बिहान यसरी नै बिताउने गथ्याैँ। गुच्चा खेल्दै कुरकुच्चामा हान्ने र ताढाताढासम्म दुरी कायम हुन्थ्यो।

धारामा दिनहुँ झगदा भइरहन्थ्याे। कस्कोआमा, कस्को दिदी, कस्को भाउजूहरु पानी लिने र दिने निहुँमा झगडा हुँदा गोफ्ले आएर मिलाउथे। उनले हामी बच्चाहरुलाई तह लगाउने  गर्थे। हामीलाई आफूभन्दा ठुलाले नचाहिने काम गरे गोफ्ले बोलाउ भनेर थर्काउँथे।

हामी पनि डराउथ्याैँ गाेफ्लेसँग। नजिकै परे आँखा ठूलठूलो पारेर मारौला झै थर्काउने र कहिले कहीँ कुटपिट पनि गर्थ्याे। गाेफ्ले सोले फिल्मको गब्बर सिङ्ग झै लाग्थो हामीलाई। महिलाहरुले धारामा नुहाए लुगा धाेए गाग्री उठाएर लान्थ्याे। उसलाई पञ्च्यायतले तेही जिम्मेवारी दिएको थियो।

पानीको जोहाे गर्ने, मुहान रेखदेख गर्ने र बन जोगाउने। हामी चाहिँ जिस्काउथ्याैँ गोफ्लेलाई । उ आयो भने हामी उरन्ठेउलाहरु जिस्काउदै भाग्थ्याैँ। बजारमा हामीलाई थर्काउने, जङ्गलमा तर्साउने गोफ्ले बुढाभन्दै भाग्थ्याैँ।  समाते मारीहाल्थे बुढाले।

एक दिन आचमै भयो। गोफ्ले थाके झै देखिन्छ। सोह्रखुट्टे पाटिमा झाेक्रिदै बसेको छ। अलि चिन्तित र गम्भीर मुद्रामा। उसले गाउँलेलाई बोलाए सयौँको संख्यामा मान्छे जम्मा भएका छन्। पानीको जङ्गलको अनि र जुद्धसमशेरको बारेमा सुनाउन थाले। तिमीहरुलाई थाहा छ। यो धारा र पानीको कथा । तेसै यो वस्तिको मान्छेले पानी खान पाएको होइन।

महाराज जुद्धसमशेर र श्रीनाथ साहुले गर्दा खान पाएको हो। अब मान्छे बढे। वस्ति बढ्याे। पानी अभाव हुन थाल्याे। बन पनि वरपरबाट मासिन सुरु भो तिमीहरु नयाँ पुस्ताले यसले पहल गर्नु पर्यो यो पानीले अब थेग्दैन। क्रमशः…

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *