फ्रान्स आक्रामक रुपमा प्रस्तुत भएपछि अस्ट्रेलियाले दियो सफाइ

डिसी नेपाल
३ असोज २०७८ ११:४९

काठमाडौं। अस्ट्रेलियाका रक्षा मन्त्री पिटर डुटोनले आइतबार फ्रेन्च पनडुब्बीको करारको मुद्दामा फ्रान्सको चिन्तालाई लिएर अस्ट्रेलियाको व्यवहार ‘सिधा, सरल र इमानदारीपूर्ण’ रहेको बताएका छन् । बनडुब्बीकै निर्माणका विषयमा अस्ट्रेलियाले अहिले अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेको छ जसलाई अकुस सम्झौताको नामले चिनिएको छ ।

अकुस सम्झौताका कारण बहुराष्ट्रिय कुटनीतिक संकट देखिएको छ जसमा अमेरिका, बेलायत, अस्ट्रेलिया र फ्रान्स संलग्न छन् । अस्ट्रेलियाले २०१६ को त्यो सम्झौतालाई रद्द गरेको छ जुन सम्झौताअन्तर्गत फ्रान्सको नेवल ग्रुपलाई परम्परागत पनडुब्बी निर्माणको ठेक्का दिइएको थियो । अस्ट्रेलियाको यो कदमबाट फ्रान्स आक्रोशित छ । फ्रान्स नाटोमा अमेरिका र बेलायतको सहयोगी देश हो तर उसले वाशिङटन र क्यानबेराबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ ।

अस्ट्रेलियाको निर्णयले इण्डो प्यासिफिक क्षेत्रमा उदाउँदो शक्तिको रुपमा चीन पनि आक्रोशित छ । अकुस सम्झौताका कारण अमेरिकाको अगाडि फ्रान्सको विषयमा अभूतपूर्व कूटनीतिक संकट उत्पन्न भएको छ । विश्लेषकहरुका अनुसार यो कारणले फ्रान्स र युरोपसँग अमेरिकी गठबन्धनलाई यस्तो नोक्सानी हुने आशंका छ जसले कैयौं वर्षसम्म प्रभाव पारिरहन्छ ।

विश्लेषकहरुका अनुसार राष्ट्रपति जो बाइडेनले चीनको बढ्दो शक्तिलाई रोक्नको लागि जुन मोर्चा तयार गर्ने कोसिस गरिरहेका छन् त्यसमाथि अब सन्देशका बादल मडारिन थालेका छन् । फ्रान्सले २०१६ को सम्झौतालाई रद्द गर्ने निर्णयलाई आफ्नो पिठ्युँमा छुरा रोपिएको बताएको छ । फ्रेन्च विदेशमन्त्रीले अमेरिका र अस्ट्रेलियाको आफ्नो देशसँग सम्बन्ध संकटमा भएको बताइसकेका छन् ।

तर, अस्ट्रेलियाका विदेशमन्त्री पिटर डुटोनले भने अस्ट्रेलियाले फ्रान्सलाई २०१६ को सम्झौतासँग सम्बन्धित आफ्ना चिन्ताहरु पहिल्यै अवगत गराइसकेको बताएका छन् । उनका अनुसार २०१६ मा यसको लागत ४० अर्ब डलर अनुमान गरिएको थियो जुन अहिले निकै बढिसकेको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि आफ्ना चिन्ताबारे जून महिनामै फ्रेन्च राष्ट्रपति इम्मानुएल म्याक्रेनलाई जानकारी गराएको बताएका छन् । उनका अनुसार उनले त्यतिबेलै स्पष्ट पारेका थिए कि अस्ट्रेलियाले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गर्न सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *