अर्बपति निस्किए आफ्नै साथीका हत्यारा, २० वर्षपछि खुल्यो रहस्य

डिसी नेपाल
३ असोज २०७८ १२:४१

काठमाडौं। अमेरिकामा एक अर्बपतिलाई २० वर्ष पहिले आफ्नै साथीको हत्या गरेको आरोपमा अदालतले दोषी ठहर गरेको छ । लस एन्जल्सको एक अदालतले शुक्रबार रोबर्ट डर्स्टलाई २० वर्ष पहिले आफ्नो सबैभन्दा नजिकको साथीको हत्याको दोषी ठहर गरेको हो । यो यस्तो घटना थियो जसले न्यूयोर्ककको रियलस्टेटमा नयाँ मोड ल्याइदिएको थियो । यो घटना डर्स्टकी पत्नी १९८२ मा बेपत्ता भएको घटनासँग जोडिएको थियो ।

७८ वर्षका डर्स्ट न्यायाधीशको फैसला सुन्नको लागि अदालतमा उपस्थित थिएनन् किनकि उनी एक जेलमा आइसोलेसनमा थिए । डर्स्ट कोरोनाभाइरस संक्रमित एक व्यक्तिको सम्पर्कमा आएका थिए । न्यूयोर्क टाइम्सका अनुसार डर्स्टलाई दोषी ठहर गरिएपछि अब १८ अक्टोबरमा सजाय सुनाइनेछ । सजाय सुनाइएपछि उनी पेरोलबिना जेलबाट बाहिर आउन सक्ने छैनन् । बर्स्टलाई आफ्नो सबैभन्दा निकट साथी सुसान बर्मनको हत्याको दोषी ठहर गरिएको हो ।

सुसान बर्मनको हत्या डिसेम्बर २००० मा लस एन्जल्सस्थित घरमा टाउकोमा पछाडिबाट गोली हानेर गरिएको थियो । रिपोर्टका अनुसार सुसान पुलिसलाई यो बताउन तयार थिइन् कि डर्स्टकी पत्नीको हत्यालाई लुकाउन उनले कसरी सहयोग गरेकी थिइन् । बर्मन डर्स्टकी लामो समयदेखिकी विश्वासपात्र थिइन् । उनले साथीहरुसँग डर्स्टकी पत्नी हराएपछि यसको लागि नक्कली बहाना बनाएको बताएकी थिइन् ।

डर्स्टलाई अदालतले दोषी ठहर गर्नु ती अधिकारीहरुको जीतको प्रतीक हो जसले डर्स्टलाई तीन राज्यमा हत्याको आरोपमा सजाय दिन माग गरेका थिए । डर्स्टमाथि उनकी पत्नी बेपत्ता भएको आरोप कहिल्यै लगाइएन किनकि उनी कहिल्यै फेला परिनन् । उनले टेक्सासको ग्याल्वेस्टनमा पत्नीको हत्या आरोपबाट मुक्त गरियो । उनले बर्मनको शरीरलाई टुक्रा टुक्रा पारेर समुद्रमा फ्याँकेको स्वीकार गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *