आफूलाई सरकारमा जान सघाउनेलाई सरकारले पुरस्कृत गर्‍यो : नेम्वाङ

डिसी नेपाल
३ असोज २०७८ १२:५५
180
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता तथा तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारमा जान सघाएकालाई सरकारले पुरस्कृत गरेको बताएका छन्।

संविधान दिवशको अवसरमा च्यासलस्थित पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटनका विरुद्ध निर्णय गर्ने न्यायाधीशलाई सरकारले पुरस्कृत गरेको बताएका हुन।

‘ओली सरकारलाई विस्थापित गर्ने फैसला गरेका अदालतका सम्बन्धित न्यायाधीशहरु, सरकारकाविरुद्ध मुद्दा दर्ता गर्ने प्रयास गर्नेहरु पक्षहरुले महत्वपूर्ण मेडल पाउनुभयो,’ उनलेभ भने।

नेकपा एकीकृत समाजवादी पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालतर्फ संकेत गर्दै नेम्वाङले भने,‘ुएकजना साथी दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभएको थियो, उहाँले समेत मेडल पाउनु भएछ। एमाले फुटाउन नेपालमै सक्रिय दुईजनाका परिवारले पनि मेडल पाउनुभयो। कसैले मरणोपरान्त पाउनुभएछ।’

सरकारले खनाललाई राष्ट्र गौरव विभूषण प्रदान गर्ने निर्णय भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *