बाँकी रहेका सात जिल्लामा कांग्रेसको वडा अधिवेशन आज
काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन गर्न बाँकी रहेका सातवटा जिल्लामा आज वडा अधिवेशन हुने भएको छ। नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत मङ्गलबार विभिन्न सात जिल्लामा वडा अधिवेशन हुने भएको हो।
केन्द्रीय निर्वाचन समितिका अनुसार काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, मोरङ, कपिलवस्तु, बर्दिया र बाजुरा जिल्लामा वडा अधिवेशन हुन लागेको हो। झन्डै ३० हजार क्रियाशील सदस्यता रहेको काठमाडौँ जिल्लामा पनि मङ्गलबार नै वडा अधिवेशन हुने छ।
विभिन्न ११ वटा स्थानीय तह रहेको काठमाडौँमा एक सय ३८ वडा छन्। यसअघि ५७ वटा जिल्लामा भने वडा अधिवेशन सम्पन्न भइसकेको छ। अब क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी रहेका विभिन्न १३ जिल्लाका वडा अधिवेशनका लागि भने अलग्गै कार्यतालिका सार्वजनिक गरिने भएको छ।
No ads found for this position


Facebook Comment