श्रीलंकाका पूर्वकप्तान थारांगा ईपीएल खेल्न नेपालमा
काठमाडौं। असोज ९ गते देखि १३ गतेसम्म त्रिवि मैदान काठमाडौंमा हुने नेपालको सर्वाधिक ठूलो फ्रेन्चाइज लिग एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) खेल्न श्रीलंकाका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान उपुल थारांगा नेपाल आईपुगेका छन्। उनी, शरद भेसावकर कप्तान रहेको टिम भैरहवा ग्ल्याडीएटर्समा आवद्ध छन्।
उनले आफ्नो फेसबुकमा फोटो सार्वजानिक गर्दै नेपालले न्यानो स्वागत पाएको बताएका छन्।मंगलबार नै भैरहवा ग्ल्याडीएटर्सका मुख्य प्रशिक्षक पुबुदु दासानायके पनि नेपाल आइसकेका छन्। पुबुदु दासानायक नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक समेत हुन्।
श्रीलंकाको लागि २००५ देखि २०१९ सम्म ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टि–२० खेलेका थाराँगाले यसै वर्ष फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment