सरकारमा पठाउनेको नाम छान्न प्रचण्डलाई सकस, तीन बजे बैठक बस्दै

डिसी नेपाल
६ असोज २०७८ १२:१८
116
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा पठाउन मन्त्रीको छनोटका लागि स्थायी कमिटी बैठक डाकेको छ। अध्यक्ष पुष्प कमल दाहालले बुधबार ३ बजेका लागि बैठकको आह्वान गरेका हुन्।

केपी शर्मा ओलीको सरकारलाई फालेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन प्रमुख भूमिका खेलेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सपथ खाएकै दिन दुई जना मन्त्री सरकारमा पठाएको थियो।

माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाएपछिका ७२ दिन बितिसक्दा पनि अरु मन्त्रीको नामावली दिन सकेको छैन। एक केन्द्रीय नेताका अनुसार भूगोलको आधारमा मन्त्री बनाउन प्रचण्डलाई दबाब रहेको छ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने वा प्रतिस्थापन गर्ने भन्ने विषयमा विवाद भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको नेताहरूको भनाइ छ।

अहिलेसम्म सरकारले पूर्णता नपाउनमा नेतृत्वको असक्षमता पनि देखिएको र अध्यक्ष दाहाललाई दबाब पनि भएको नेताहरु बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *