सनराइजर्स हैदराबादका खेलाडी कोरोना पोजेटिभ, आज बेलुकीको खेल भने नरोकिने
काठमाडौं। इण्डियन प्रिमियर लिग टिम सनराइजर्स हैदराबादका खेलाडी कोरोना संक्रमित पाइएका छन् । इण्डियन प्रिमियर लिगले एक ट्वीट गर्दै सनराइजर्सका खेलाडी टि नटराजन संक्रमित पाइएको बताएको छ । उनीमा कोरोनाको कुनै लक्षण देखिएको छैन र अहिले उनी आइसोलेसनमा छन् ।
NEWS – Sunrisers Hyderabad player tests positive; six close contacts isolated.
More details here – https://t.co/sZnEBj13Vn #VIVOIPL
— IndianPremierLeague (@IPL) September 22, 2021
सनराइजर्सका अनुसार नटराजनको सम्पर्कमा आएका अन्य सदस्य समेत पूरै टिमको आज बिहान स्थानीय समयअनुसार ५ बजे आरटी पीसीआर परीक्षण गरिएको थियो र ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैले अब आज राती हुने सनराइजर्स र दिल्ली क्यापिटल्सबीचको खेल रोकिने छैन ।
नटराजनको सम्पर्कमा आएका अन्य ६ जनालाई पनि आइसोलेसनमा राखिएको छ । खेलाडी विजय शंकर, टिम म्यानेजर विजय कुमार, फिजियोथेरापिस्ट श्याम सुन्दर, डाक्टर अन्नना बन्नन, लजिस्टिक म्यानेजर तुषार खेडकर र नेट बलर पेरियासमी गणेशन आइसोलेसनमा छन् ।







डिसी नेपाल







Facebook Comment