अफगानिस्तानबाट विमानसहित भागेका १४३ जना एयरफोर्स पाइलट ताजिकिस्तानमा बन्धक !

डिसी नेपाल
७ असोज २०७८ १६:३४
8.4k
Shares

काठमाडौं। अफगानिस्तानमा तालिबानले आफ्नो नियन्त्रण बढाइरहेका बेला ठूलो संख्यामा अफगानी सेनाका जवान त्यहाँबाट भाग्ने प्रयास गरिरहेका थिए । अफगानिस्तान एयरफोर्सका करिब १४३ जना पाइलट यस क्रममा आ–आफ्नो जहाज लिएर देश छोडेर भागेका थिए । तर, ती सबै पाइलटहरु अहिले ताजिकिस्तानको पहाडी क्षेत्रमा गएर फसेका छन् । अहिले उनीहरुले आफूहरुलाई सुरक्षित ठाउँसम्म पुग्ने व्यवस्था गरिदिन अमेरिकासँग सहयोग मागेका छन् ।

यो समूहमा कैयौं यस्ता पाइलटहरु छन् जसलाई अमेरिकाले प्रशिक्षण दिएको थियो । यिनैमध्ये एक पाइलटले ताजिकिस्तानको पहाडी क्षेत्रबाट समाचार एजेन्सी रोयटर्ससँग सम्पर्क गरेका छन् । ताजिकिस्तानको राजधानी दुशान्बेबाट केही दूरीमा यी सबै पाइलटलाई बन्दी बनाएर राखिएको छ । यी पाइलटहरु १६ वटा एयरक्राफ्टबाट यहाँ पुगेका थिए । तर त्यहाँ पुगेपछि उनीहरुको फोन जफत गरियो । पहिले उनीहरुलाई एउटा विश्वविद्यालयमा राखियो त्यसपछि अर्कै ठाउँमा लगियो । एक महिनादेखि यी सबै यसैगरी डराएर बसिरहेका छन् ।

सबैले अमेरिकासँग आफूहरुलाई पनि अन्य अफगान सैनिकलाई जस्तै अमेरिकाको भिसा दिन र त्यहाँबाट बाहिर निकाल्न अमेरिकासँग आग्रह गरेका छन् । यी पाइलटहरुका अनुसार उनीहरुले ताजिकिस्तान सरकारसँग त्यहाँबाट बाहिर जाने विषयमा कुरा गर्दा हरेक पटक उनीहरुलाई प्रतिक्षा गर्न मात्र भनिन्छ । यो ठूलो समूहबाहेक केही यस्ता पाइलट पनि छन् जो ताजिकिस्तानको राजधानी दुशान्बेमा सरकारी भवनमा बसिरहेका छन् । कुनै पनि पाइलटलाई यो थाहा छैन कि उनीहरुलाई अलग किन राखिएको छ ।

१५ अगष्टमा तालिबानले काबुलमा नियन्त्रण गरेपछि यहाँबाट ठूलो संख्यामा अफगान सेनाका सदस्य भागेका थिए । तालिबानको सरकारले अन्य देशहरुसँग त्यहाँ गएका अफगानिस्तानका लडाकु विमानहरु फिर्ता मागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *