पाकिस्तानी क्रिकेटर अफ्रिदी नेपालमा
काठमाडौं।विश्वचर्चित क्रिकेटर तथा पाकिस्तान राष्ट्रिय टोलीका पूर्व कप्तान शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) खेल्न नेपाल आइपुगेका छन्।अफ्रिदी बिहिवार दिउसो पाकिस्तानबाट नेपाल आइपुगेका हुन्। उनि ईपीएलमा काठमाडौँ किंग्स–११ मा आवद्द छन्।
सन्दिप लामिछाने कप्तानीको रहेको उक्त टिमले लिगको उद्घाटन खेलमा साविकको बिजेता ललितपुर पेट्रिएट्ससंग असोज ९ गते प्रतिस्पर्धा गर्दैछ।
मुलुकका विभिन्न ६ शहरको नाममा हुने फ्रन्चाईज प्रतियोगीता नेपालको सर्वाधिक महँगो लिग हो। ईपीएलको चौँथो संस्करण खेल्नका लागी उल्लेखनियरुपमा विदेशी खेलाडिहरु भित्रिएका छन्।
अफ्रिदीले आफ्नो खेल जीवनको एकदिवसीयमा ८,०६४ रन बनाउनुको साथै ३९५ विकेट लिएका छन्। त्यस्तै टि–२० मा १,४१६ रन र ९८ विकेट तथा टेस्टमा १,७१६ रन र ४८ विकेट लिएका छन्।उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास सन् २०१८ मा लिएका हुन्।







डिसी नेपाल







Facebook Comment