कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सकियो, अब छेउमा पार्क बन्ने

डिसी नेपाल
९ असोज २०७८ ९:४३
100
Shares

काठमाडौं । काठमाडौंस्थित कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सकिएको छ। पोखरीमा टनाटन पानी भरिएको छ। काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माण प्रगतिको निरीक्षण पनि गरेका छन्।

अहिले पोखरीको पहिलो चरणको काम भइरहेको छ। छिट्टै उदघाटन गरेर पोखरीलाई पर्यटन व्यवस्थापनसँग जोड्ने शाक्यको भनाइ छ।

‘सबैले रानीपोखरी मात्रै देखेका छन्। हामी कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ। एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुनर्निर्माण भइरहेको हो,’ उनले भने।

आकाशे पानी संकलन र पुनःभरण तथा पानी शुद्धीकरण गर्ने योजनासहित पोखरीको पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माणको दोस्रो चरणमा यसअघि प्रहरी भवन रहेको ठाउँमा पार्क निर्माण गरिनेछ।

काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, व्यायामशाला, उद्यान, खुल्ला क्षेत्रसहितको डिजाइन अनुरूप पुनर्निर्माण गरिरहेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए।

उनका अनुसार पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहनेछन्।

करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको पोखरी बास्तुशास्त्रमा आधारित छ । परम्परागत नेवारी शैलीलाई आत्मसात गर्दै पोखरी पुनर्निर्माण गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.