काठमाडौंले टस जितेर फिल्डिङ गर्ने
काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेनले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले सुरुमा बलिङ गर्ने निर्णय लिएको हो। अब कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रीएट्सले सुरुवाती ब्याटिङ गर्नेछ।
दुवै टोली पहिलो खेलमा सुखद् सुरुवात गर्न चाहन्छन्। दुवैको लक्ष्य पहिलो खेलमा दुई अंकको लागि हुनेछ।
ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी जस्ता खेलाडी छन्।
काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बज, सिंगापुरका जनक प्रकाशजस्ता खेलाडी छन्।
चौंथो संस्करणको प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment