दिल्लीमा अदालतमै दुई ग्याङको गोली हानाहान, मोस्ट वान्टेड डनको अदालतभित्रै हत्या

डिसी नेपाल
९ असोज २०७८ १४:११

काठमाडौं। भारतको राजधानी दिल्लीको रोहिणी अदालत परिसरभित्र शुक्रबार दुई ग्याङबीच गोली हानाहान भएको छ । अदालतमा हतियारसहित प्रवेश गरेका गुण्डाहरुले दिल्लीका मोस्ट वान्टेड डन जिनेन्द्र गोगीको गोली हानेर हत्या गरेका छन् । यो ग्याङ भिडन्तमा गोगीसहित ३ जना मारिएका छन् । ३ देखि ४ जना घाइते भएका छन् । रिपोर्टका अनुसार शुक्रबार गोगीको अदालतमा पेशी थियो । यही क्रममा पहिल्यै वकिलको कपडा लगाएर त्यहाँ बसिरहेका २ जना गुण्डाले गोगीमाथि गोली हाने ।

दिल्ली पुलिस कमिश्नर राकेश अस्थानाका अनुसार जब गोगीलाई सुनुवाइका लागि लगिँदै थियो त्यही बेला २ अपराधीले गोगीमाथि गोली चलाए । पुलिसले जवाफी कारवाहीमा दुवै आक्रमणकारीलाई मारेको छ । २ जनामध्ये एक आक्रमणकारीको जानकारी दिनेलाई ५० हजार पुरस्कार समेत राखिएको थियो । वकिल ललित कुमारका अनुसार आक्रमणकारी वकिलको पोसाकमा आएका थिए । उनीहरुले गोगीलाई ३ गोली हाने ।

गोगीको सुरक्षामा खटिएका दिल्ली पुलिसका जवानहरुले २५ देखि ३० गोली चलाएका थिए । आक्रमणकारीको घटनास्थलमै मृत्यु भयो भने गोगीको अस्पतालमा मृत्यु भयो । वकिल ललित कुमारका अनुसार घटना सुनुवाइका बेला भएको थियो । त्यतिबेला घटनास्थलमा न्यायाधीश, स्टाफ र वकिल समेत थिए । गोगी २ वर्षदेखि तिहाड जेलमा थिए । शुक्रबार उनलाई सुनुवाइको लागि अदालत ल्याइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *