पर्यटन प्रवद्र्धनार्थ २० महिला अन्नपूर्ण आधार शिविर जाँदै

डिसी नेपाल
९ असोज २०७८ १८:२१

काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विभिन्न क्षेत्रका २० महिला संयुक्तरूपमा अन्नपूर्ण आधार शिविर जाने भएका छन् ।

साथसाथै नामक संस्थाले आफ्नै देशको पर्यटन क्षेत्रलाई आर्थिकरूपमा बलियो बनाउन र विश्वमा नेपाललाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन यो काम थालनी गर्न लागेको हो । दशदिने अन्नपूर्ण आधार शिविर यात्रामा निस्कने उक्त टोली यही असोज ११ गते काठमाडौँबाट प्रस्थान गर्नेछ । अन्नपूर्ण यात्राका लागि विभिन्न क्षेत्रमा आवद्ध २० महिला छन् ।

संस्थाका अध्यक्ष प्रजिता कार्कीका अनुसार पछिल्लो समय कोभिडले पर्यटन क्षेत्रलाई निकै तहसनहस पारेकाले स्वदेशी पर्यटनलाई बढावा दिन यात्रा तय गरिएको बताए। “अब विदेशी पर्यटन क्षेत्र होइन, नेपालमै भएका पर्यटन क्षेत्रलाई विकास गर्नुपर्छ, साथै आम नेपालीले पनि स्वदेशमा भएका पर्यटकीय क्षेत्रको अवलोकन गरुन् भन्ने मनसाय पनि हो ” उनले बताए ।

संस्थाले एविसी आधार शिविरमा गएर पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यले सन्देशमूलक कार्यक्रम समेत गरिने अध्यक्ष कार्कीले जानकारी दिएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *