आज नेपाल र ओमनबीच मैत्रीपूर्ण फुटबल हुँदै
फाइल
काठमाडौं। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ ।कतारमा बन्द प्रशिक्षणमा रहेको रहेको नेपाली टिमले दोहास्थित कतार युनिभर्सिटीको मैदानमा राति पौने १० बजेदेखि प्रतिस्पर्धा गर्ने छ।
यस अघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो ।नेपाली टिम कतारबाटै साफ च्याम्पियन सिपका लागि माल्दिभ्स जाने छन्।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात खेल खेल्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment