आर्सनलले टोटनहमलाई हरायो

डिसी नेपाल
११ असोज २०७८ ७:०१
68
Shares

काठमाडौं। इङलिस प्रिमियर लिग (इपिएल) मा टोटनहमले लगातार तेस्रो जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा भएको लण्डण डर्बीमा आर्सनलले टोटनहम माथि ३-१ गोल अन्तरको जित निकालेको हो।

आर्सनलका लागि इमिल स्मिथ रोव, पिरे इमेरिक औबामेयाङ र बुकायो साकाले १/१ गोल गरेका थिए। स्मिथ रोवले गोल गर्दै घरेलु टोलीलाई १२औँ मिनेटमा अग्रता दिलाएका थिए। स्मिथ रोवको पासमा गोल गर्दै पिरे इमेरिक औबामेयाङले २८औँ मिनेटमा आर्सनलको अग्रता दोब्बर पारे। साकाले ३४औँ मिनेटमा अर्को गोल गरेर आर्सनललाई पहिलो हाफमै ३-० को प्रभावशाली अग्रता दिलाए।

भ्रमणकारी टोटनहमका लागि ७९ मिनेटमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले १ गोल फर्काएका थिए। सनले सर्जियो रिग्विलनको पासमा गोल गरे। आर्सनलको यो प्रिमियर लिगमा लगातार तेस्रो जित हो।

जितपछि आर्सनल सहरी प्रतिद्वन्द्वी टोटनहमलाई गोलअन्तरमा पछि पार्दै प्रिमियर लिग अंक तालिकाको १०औँ स्थानमा उक्लिएको छ। ६ खेलमा दुवै टोलीले समान नाै अंक जोडे पनि टोटनहम गोलअन्तरमा पछाडि छ ।

समान नाै अंक जोडेको ब्रेन्टफोर्ड भने नवौँ स्थानमा छ। आइतबार रातिका अन्य खेलमा उल्भरह्याम्पटनले साउथह्याम्पटनलाई १-० को नतिजामा हराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *