ईपीएलको चौंथो दिन आज काठमाडौं र पोखरा भिड्दै
काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौंथो संस्करणको चौंथो दिन आज मंगलबार एक खेल हुँदैछ ।त्रिवि क्रिकेट मैदानमा हुने एक मात्र खेलमा काठमाडौं किङ्स–११ र पोखरा राइनोजबीच खेल हुने कार्यतालिका रहेको छ। आइतबार देखि परेको भारी वर्षातको कारण सोमबारको कुनैपनि खेल हुन सकेन र अंक बाडिएको थियो।
आज मंगलबार भने,काठमाडौं र पोखराबीचको खेल मध्यान्न १२ः१५ बजे सुरु तय भएको छ।सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जित निकाल्ने योजनामा रहेको छ। काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । सोमबार भारी वर्षाको कारण खेल रद्द भएपछि पोखरा र भैरहवाले एक एक अंक बाँडेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment