मेस्सीको गोल, सिटीमाथि पिएसजीको जित
काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) सँग अनुबन्ध भएपछि पहिलो पटक गोल गरेका छन्।
मेस्सीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’को दोस्रो चरको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गर्दा पिएसजीका लागि पहिलो गोल हो।
घरेलु मैदान पार्क डे प्रीन्सेसमा यो मेस्सीको पहिलो गोल हो। पिएसजीको जितमा मेस्सी र इड्रीशा गुयेले १/१ गोल गरे।
प्रतिस्पर्धात्मक खेलमा इन्ड्रिशाले खेलको आठौं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता बनाए। दोस्रो हाफको ७४ मिनेटमा मेस्सीले दोस्रो अग्रता बनाए। खेलको ७४ मिनेटमा केलियन एम्बाप्पेको पासमा मेस्सीले गोल गरे। एमबाप्पेसग वान टु पास खेल्दै मेस्सीले २० यार्डबाट गोल गरेका थिए । बार्सीलोनाबाट पिएसजी आएपछि मेस्स्सीले चौथो खेलमा गोल गरेका हुन्।
जितसँगै पिएसजी समूह ‘ए’ को शीर्ष स्थानमा छ । २ खेलबाट ४ अंक छ । पराजित म्यान सिटीको भने २ खेलबाट ३ अंक छ । समूहको अर्को खेलमा क्लब ब्रुगले आर बी लाइपजिगलाई २-१ गोल अन्तरले पराजित गरेकाे छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment