माल्दिभ्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टोलीको सुरुवाती ११ सार्वजनिक, अग्रपंक्ति नवयुगले सम्हाल्ने

डिसी नेपाल
१५ असोज २०७८ २१:४१
908
Shares

काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत आयोजक माल्दिभ्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टोलीको सुरुवाती ११ (प्लेइङ सेट) सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले किरण लिम्बुको कप्तानीमा नेपालको सुरुवाती ११ सार्वजनिक गरेका हुन् । नेपालले शुक्रबार राति ९ः४५ बजे साबिक विजेता माल्दिभ्सको सामना गर्दैछ ।

प्रशिक्षक अब्दुल्लाहले गोलरक्षकमा कप्तान किरणलाई जिम्मेवारी दिँदा डिफेन्समा सुमन अर्याल, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठलाई अवसर दिएका छन् ।

यस्तै मिलाइनमा रोहित चन्दसँगै पूजन उपर्कोटी, तेज तामाङ रहेका छन् । यता अट्याकमा भने नवयुग श्रेष्ठलाई सुजल श्रेष्ठ र अन्जन विष्टले सहयोग गर्नेछन् ।

५ टोली सहभागी यस साफमा पाकिस्तान र भुटानको सहभागिता रहने छैन । यस पटक भारत, माल्दिभ्स, नेपाल, श्रीलंका र बंगलादेश प्रतियोगिता सहभागी रहेका छन् ।

आजनै भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १(० गोल अन्तरले पराजित गरेको छ ।

नेपाली टिमः

गोलरक्षकः किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की

डिफेण्डरः दिनेश राजवंशी, अनन्त तामाङ, सुमन अर्याल, गौतम श्रेष्ठ, रोहित चन्द, पूजन उपरकोटी

मिडफिल्डरः तेज तामाङ, सन्तोष तामाङ, सुमन लामा, सुरज जिउ ठकुरी, आयुष घलान, कमल थापा, सुजल श्रेष्ठ, नितिन थापा, मनिष डांगी, अन्जन बिष्ट, विशाल राई, सुनिल बल

स्ट्राइकरः नवयुग श्रेष्ठ, आशिष लामा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *