हिमाल आरोही पूर्णिमालाई सम्मान
काठमाडौं । संसारको सातौँ अग्लो हिमाल धौलागिरि हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई कास्कीले आज सम्मान गरेको छ । फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष प्रदीप पौडेलले पूर्णिमाको सफल आरोहणले फोटो पत्रकारको शिर उँचो बनाएको बताए।
आरोही श्रेष्ठले आर्थिक अभावबीच पनि आरोहण सफल भएको भन्दै खुशी व्यक्त गरिन । दुई पटकको प्रयासमा धौलागिरि आरोहण गर्न सकेको बताउँदै उनले अब चाँडै नै कञ्चनजङ्घा आरोहण गर्ने योजना रहेको र त्यसपछि मकालु र ल्होत्से आरोहण गर्ने तयारी रहेको जानकारी दिइन् ।
काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत उनले असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहण गरेकी थिइन ।
गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि वैशाख ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेर कीर्तिमानी बनाएका थिए । पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । उनले यसअघि सगरमाथा, मनास्लु र आमादब्लम हिमालको आरोहण गर्नुरेकी थिइन् ।
कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष धर्म पन्थी, फोटो पत्रकार सङ्घ गण्डकी अध्यक्ष राम गुरुङ, फोटो पत्रकार सङ्घ कास्कीका सचिव दुर्गा पौडेल, सहसचिव उमेश पुन, फोटो पत्रकार कृष्णमणि बराल, धनश्याम पौडेल, राधिका कँडेललगायतले श्रेष्ठको आरोहणले फोटो पत्रकारको गरिमालाई थप उँचो बनाएको धारणा राखे ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment