युवा पुस्ताले देशको नेतृत्व लिनुपर्ने अध्यक्ष तामाङको भनाइ
पोर्चुगल। लाक्पा तामाङ नेतृत्वको राप्रपा नेपालले शुभ विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।
पोर्चुगलको मान्तेगर्दोमा सम्पन्न उक्त चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष आईताराम तामाङले बुद्धको मूर्तिमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।
तामाङले अब प्रवासमा बस्ने नेपालीहरुले पनि देशको राजनीतिमा सहभागी हुनुपर्ने धारणा राखेका थिए । उनले देश किन विकास भएन ? भनेर भन्नु भन्दापनि अब युवा पुस्ताले देशको राजनीतिको नेतृत्व लिनुपर्ने बेलाएको बताए।
त्यस्तै, उनले नेपालमा वैदिक सनातनसहितको राजसंस्था स्थापना गर्नुपर्ने बताए । यसको लागि आफ्नो पार्टीले रणनीतिक योजनासहित अभियान सञ्चालन गरिरहेको पनि उनले सुनाए।
खेम गुरुङको अध्यक्षतामा सम्पन्न चियापान र भेला कार्यक्रममा करिब दुई सय जनाको सहभागिता रहेको तामाङले जानकारी दिए। उक्त कार्यक्रममा कांग्रेस परित्याग गरी करिब ७० जना राप्रपा नेपालमा प्रवेश गरेका थिए।
उनकाअनुसार मिनबहादुर गुरुङ, वीरवहादुर तामाङ, लालसिंह तामाङ, हरिमान तामाङ, सुनिता तामाङ, सन्तोष घले, शेरबहादुर खड्का, प्रशान्त गौतम, विशाल बानियाँ, निमा वाङ्दो गुरुङको नेतृत्वमा करिब ७० जना राप्रपा नेपालमा प्रवेश गरेका थिए।
उनीहरुमध्ये मीनबहादुर गुरुङ (धादिङ), वीरबहादुर तामाङ (धादिङ), शेरबहादुर खड्का (काठमाडौं), सन्तोष घले (रुपन्देही) लाई केन्द्रीय कमिटीमा मनोनित गर्ने पनि अध्यक्ष तामाङले जानकारी दिए। उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment