९० जनामा कोरोना सङ्क्रमण, तीनको मृत्यु

डिसी नेपाल
५ कार्तिक २०७८ २१:१९

काठमाडौं । प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

४४६ जनाको पिसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा सङ्क्रममण देखिएको सामाजिक विकास मन्त्रालयका जनाएको छ ।

सङ्क्रमितमा झापामा ३३, मोरङमा २०, सुनसरीमा तीन, इलाममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका चार जना रहेका छन् । स्थानीय तहअनुसार झापाको भद्रपुरमा १०, विर्तामोडमा नौ, दमक, अर्जुनधारा र शिवसताक्षीमा तीन/तीन, हल्दिबारी र कनकाईमा दुई/दुई र गौरादहमा एक, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा चार, कटहरीमा तीन, बेलबारीमा दुई, कानेपोखरीमा एक, सुनसरीको धरानमा तीन, इलामको इलाम नगरपालिका र माईजोगमाईमा एक/एक, उदयपुरको उदयपुरगढीमा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै २९ महिलासहित ५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *