गण्डकीमा नौ लाखले लगाए खोप

डिसी नेपाल
१३ कार्तिक २०७८ १८:०१

काठमाडौं ।गण्डकी प्रदेशमा हालसम्म नौ लाख १० हजार चार सय १५ ले पहिलो मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या छ लाख २२ हजार नौ सय ६७ रहेको छ ।

गोरखामा ७८ हजार ३१ ले पहिलो र ५६ हजार एक सय नौ ले दुवै, कास्कीमा दुई लाख ७८ हजार दुई सय ९७ ले पहिलो र एक लाख ८८ हजार छ सय २९ ले दुवै, लमजुङमा ६९ हजार सात सय ६७ ले पहिलो र ५० हजार नौ सय ८५ ले दुवै, नवलपुरमा एक लाख आठ हजार ६३ ले पहिलो र ६९ हजार पाँच सय ९६ ले दुवै, बागलुङमा ७४ हजार एक सय १५ ले पहिलो र ५० हजार तीन सय ७२ ले दुवै, म्याग्दीमा ३९ हजार पाँच सय ३२ ले पहिलो र २१ हजार तीन सय ३६ ले दुवै, पर्वतमा ४४ हजार चार सय १८ ले पहिलो र ३७ हजार तीन सय ८६ ले दुवै, स्याङ्जामा ९८ हजार चार सय ४० ले पहिलो र ७१ हजार आठ सय ४३ ले दोस्रो, मनाङमा पाँच हजार ८८ ले पहिलो र चार हजार चार सय ७९ ले दोस्रो, मुस्ताङमा छ हजार तीन सय २७ ले पहिलो र छ हजार तीन सय ९४ ले दुवै मात्रा लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *