सङ्क्रमण न्यून

डिसी नेपाल
१९ कार्तिक २०७८ २१:२१

काठमाडौं । प्रदेश नं १ मा यस वर्षको सबैभन्दा कम तीन जनामा कोरोना सङ्क्रमण भएको छ । सो सङ्क्रमण ११ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षणका आधारमा झापाको भद्रपुरमा दुई र मेचीनगरमा एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३८ महिलासहित ८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने तीन महिलासहित चार जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *