गण्डकीमा एक हप्तामा २६१ जना सङ्क्रमण मुक्त

डिसी नेपाल
२८ कार्तिक २०७८ २१:५४

गण्डकी। गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा २६१ कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा १४३ सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ ।प्रदेशमा पछिल्लो २४ घण्टामा ४३ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा ३१ जना सङ्क्रमित थपिएका छन् भने बाग्लुङ–९ का ५३ वर्षीय पुरुषको सङ्क्रमणका कारण मृत्यु भएको छ । निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ४०२ पुगेको छ । प्रदेशमा होम आइसोलेशनमा रहनेको सङ्ख्या ३०१ जना रहेको निर्देशनालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *