No ads found for this position
No ads found for this position

कांग्रेस महाधिवेशनः चितवनमा प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३ मंसिर २०७८ १२:२४
16
Shares
No ads found for this position

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवन जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ । प्रदेशको ६ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा बिहानदेखि मतदान प्रक्रिया सुरु भएको छ ।जिल्लाका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार निर्वाचन क्षेत्र नं १(क) का लागि खैरहनी नगरपालिका– ९ मा रहेको पुन समाजको भवनमा मतदान प्रक्रिया सुरु भएको छ । सो निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिका लागि दुईजनाको उम्मेदवारी दर्ता भएको उनले जानकारी दिए। कृष्णबहादुर श्रेष्ठ र गणेश मल्ल ठकुरीको उम्मेदवारी रहेको छ । यस क्षेत्रमा ३४५ मतदाता छन् ।

यस्तै १ (ख) को टाँडीमा रहेको होटेल स्टर बैंकुइटमा निर्वाचन प्रक्रिया सुरु भएको छ । यस क्षेत्रमा तीनजना सभापति पदका दाबेदार रहेका छन् । उम्मेदवारहरुमा गोविन्द गौतम, रामहरि न्यौपाने र सुजन थापा रहेका छन् । यहाँ ५६५ जना मतदाता रहेको छ।यस्तै निर्वाचन क्षेत्र २ (क) मा ४७७ मतदाता रहेका छन् । जहाँ सभापति पदका लागि तीनजनाको उम्मेदवारी मनोनयन भएको छ । सभापतिका लागि जनार्दन दाहाल, राजकुमार गुरुङ र हरिप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै २ (ख)को निर्वाचन अहिले सगोल पार्टी प्यालेस यज्ञपुरीमा सुरु भएको छ । सो क्षेत्रका लागि करुणाकान्त पोख्रेल, रचन कार्की र रोशन शाही ठकुरीले उम्मेदवारी दर्ता गराएका छन्। यस निर्वाचन क्षेत्रमा ४९२ जना मतदाता रहेको पोख्रेलले जानकारी दिए। निर्वाचन क्षेत्र नं ३ (क)को निर्वाचन शहीद स्मारक कलेज शारदा नगरमा सुरु भएको छ । यहाँ ६०५ जना मतदाता रहेका छन् । जहाँ तीनजनाले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । सभापतिका लागि कमलनाथ पौडेल, शालिग्राम पौडल र खेमनारायण सापकोटाको उम्मेदवारी रहेको छ।

यता ३ (ख) को निर्वाचन सत्कार पार्टी प्यालेस पार्वतीपुरमा हुँदैछ । यहाँ ३५५ जना क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्दैछन् । यस क्षेत्रका लागि चारजनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिमा उम्मेदवार मनोनयन गर्नेमा अशोक लामा, ओमप्रसाद पोख्रेल, राम कँुवर र शोभाखर चापागाईं रहेका छन्।हरेक प्रदेशसभा निर्वाचन क्षेत्रले एक सभापति, दुई उपसभापति, दुई सचिव र दुईजना सहसचिव निर्वाचित गर्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *