भारतको गुजरातमा थप दुई जनामा देखियो ओमिक्रोन

डिसी नेपाल
२४ मंसिर २०७८ १५:२९
32
Shares

नयाँ दिल्ली। भारतको गुजरातमा थप दुई जनामा ओमिक्रोन देखा परेको छ । यो संगै भारतमा ओमिक्रोनबाट संक्रमितको संख्या २५ पुगेको भारतीय सञ्चारमाध्यहरुले जनाएको छ।

गुजरातमा फेला परेको ती दुई संक्रमित व्यक्तिहरु ओमिक्रोन संक्रमितहरुको सम्पर्कमा रहेको र उनीहरुबाटै सरेको हुनसक्ने बताइएको छ।

गुजरातको जामनगरमा ओमिक्रोनको दुई नयाँ केस भेटिएको हो। केही समयअघि सोही स्थानमा अर्का एक व्यक्तिमा ओमिक्रोन संक्रमण देखिएको थियो। गुजरातमा मात्र ओमिक्रोन भाइरसबाट संक्रमित हुनेको संख्या तीन पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *