आफूलाई कप्तानबाट हटाइएको विषयमा पहिलो पटक सार्वजनिक रुपमा बोले विराट कोहली
काठमाडौं। भारतीय क्रिकेट टिम दक्षिण अफ्रिका जानुभन्दा पहिले टेस्ट टिमका कप्तान विराट कोहलीले बुधबार पत्रकार सम्मेलन गरेका छन् । उनले दक्षिण अफ्रिकासँग एकदिवसीय सिरिजबाट आफूले नाम फिर्ता लिएको भन्ने दावी गलत भएको बताउँदै आफू एकदिवसीय सिरिजको लागि उपलब्ध भएको बताए ।
कोहलीले बोर्डले आफूलाई एकदिवसीय टिमको कप्तानबाट हटाएको बारेमा पनि कुरा गरे । उनले भने ‘पाँचै जना चयनकर्ताले म एकदिवसीय टिमको कप्तान नरहने फैसला गर्नुभयो । पहिलेदेखि मलाई यसबारे जानकारी थिएन । एकदिवसीय सिरिजको लागि म उपलब्ध छु ।’ कोहलीका अनुसार टेस्ट टिम छनोट गर्नुभन्दा डेढ घण्टा पहिले बोर्डले उनीसँग सम्पर्क गरेको थियो । बैठकमा छनोटका विषयमा चर्चा भएको थियो र मुख्य चयनकर्ताले कोहली एकदिवसीय टिमको कप्तान नरहने बताएका थिए ।
कोहलीका अनुसार टि–२० को कप्तानी छोड्नुभन्दा पहिले उनले बोर्डसँग कुरा गरेका थिए । बोर्ड उनको यो कुरासँग सहमत थियो । बोर्डले उनलाई कहिल्यै पनि टि–२० को कप्तानी नछोड्न भनेको थिएन । कोहलीले टेस्ट र एकदिवसीयमा कप्तानी निरन्तरता दिन चाहेको बताएका थिए । तर, केही दिनअघि बीसीसीआइका अध्यक्ष सौरभ गांगुलीले भने कोहलीलाई टि–२० को कप्तानी नछोड्न भनेको तर कोहलीले नमानेको बताएका थिए ।







डिसी नेपाल







Facebook Comment