जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

डिसी नेपाल
१ पुष २०७८ ११:२६
76
Shares

डोल्पा। जङ्गलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।  जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको हो।

हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुऱ्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन सकेको छैन । लामाको गए राति मृत्यु भएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *