सातदोबाटोसँग रोकिँदा आर्मीले शीर्षस्थानमा उक्लने अवसर गुमायो

डिसी नेपाल
२ पुष २०७८ १८:३४
156
Shares

काठमाडौं । सातदोबाटो युथ क्लबसँग अंक बाँडेपछि त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सुरु भएको पाँचौ चरणको पहिलो खेलमा आर्मीले सातदोबाटोसँग १-१ को बराबरी खेलेको हो ।

११औं मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो । तर आर्मीले अग्रता लामो समय टिकाउन सकेन । १६औं मिनेटमा स्ट्राइकर अजई मार्टिन्सले सातदोबाटोलाई खेलमा फर्काए ।

आर्मी पाँच खेलमा नौ अंकसहित तेस्रो स्थानमा यथावत छ भने सातदोबाटो समान खेलमा आठ अंकसहित पाँचौं स्थानमा छ । आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको मच्छिन्द्र क्लबले चौथों स्थानको संकटासँग प्रतिस्पर्धा गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *