उद्यमशील बन्न सीप सिक्दै महिला

डिसी नेपाल
३ पुष २०७८ १६:३९
12
Shares

काठमाडौँ। तनहुँका विभिन्न स्थानीय तहले महिलालाई उद्यमशील बनाउन सीप प्रदान गर्न थालेको छ ।

घरायसी काममा व्यस्त रहने महिलालाई उद्यमी बनाउन स्थानीय तहले सीपमूलक तालिम प्रदान गरेका हुन् । यसले महिलालाई दक्ष बनाउनुका साथै रोजगारीको अवसरसमेत सिर्जना गरेको छ ।

शुक्लागण्डकी नगरपालिका–८ ले वडाभित्रका महिलालाई रङ लगाउने तालिम सञ्चालन गरेको छ । बढ्दो शहरीकरणका कारण घरलगायतका संरचना निर्माण अत्याधिक हुन थालेपछि दक्ष जनशक्तिको माग बढेका कारण महिलालाई तालिम प्रदान गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । “दक्ष जनशक्तिको माग बढेको र अन्य कामको तुलनामा सजिलो पनि भएको हुँदा यसतर्फ महिलाको आकर्षण बढेको छ,” रेग्मीले भने, “त्यसैका लागि महिलालाई दक्ष बनाउन तालिम दिएका हौँ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *