युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको छैटौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिका । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको छैठौं वार्षिक सम्मेलन सम्पन्न भएको छ । “नेपालको उच्च शिक्षाका संस्थागत यथार्थता: हिजो, आज र भोलि” विषयमा नितिगत र संरचनाका बारेमा बृहत छलफलका साथ सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रमका मुख्य वक्ता त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति एवं जापानका लागि पूर्व राजदुत केदारभक्त माथेमाले नेपालका शैक्षिक क्षेत्र सुधार्न विद्यालय र विश्वविद्यालयमा राजनिति रोक्नु पर्नेमा जोड दिएका थिए । साथै, राज्यले शैक्षिक क्षेत्रमा लगानी बढाउनु पर्ने र त्रिभुवन विश्व विद्यालयको भार कम गर्नु पर्ने माथेमाले जोड दिए ।
संस्थाका अध्यक्ष डा. राजन पन्तको सभापतित्वमा भएको कार्यक्रममा क्यालीफोर्निया स्टेट विश्व विद्यालयका भाइस प्रेसिडेन्ट तथा डिन प्रोफेसर डा. जित जोशी, द आर्टिक युनिभर्सिटी अफ नर्वेका प्रोफेसर पुरुषोत्तम बस्नेत, रोअन विश्व विद्यालय अमेरिकाका असिस्टेन्ट प्रोफेसर डा. कुल काप्री, काठमाण्डौ विश्व विद्यालयकि भिजिटिङ प्रोफेसर डा. सुचेता प्याकुरेल, सोगाङ विश्व विद्यालय दक्षिण कोरियाका प्रोफेसर डा. अग्नी राज कोईराला र त्रिभुवन विश्व विद्यालयका पाठ्यक्रम तथा मुल्यांकनका प्रोफेसर गणेश बहादुर सिंहले आफ्नो प्रस्तुती दिएका थिए । उक्त सम्मेलनमा २० जनाले सोधिएका प्रश्नहरुको जवाफ बक्ताहरुले दिएका थिए ।
कार्यक्रमको विषयमा र संस्थाको बारेमा कार्यकारी सचिव डा. सुमन पराजुलीले प्रकास पर्दै डा. सुरेन्द्र राज देवकोटाले धन्यवाद मन्तब्य दिएका थिए । दोश्रो सत्रमा संस्थाको गत वर्षको समिक्षा र आगामी वर्षको योजनाका बारेमा छलफल भएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment