चन्द्रे कामी र सुन्तली मल्लको प्रेम : जातीय विभेदले निमोठेको मुना
मुगु। जातीय विभेदले थिचिएको कर्णाली। तालको पानी जस्तै तैरिरहेको विभेद। जातीय विषयले अझै पनि तर्सिन्छ कर्णाली। प्रायस कर्णालीमा दलितभन्दा उपल्लो जातका मानिसको बाहुल्यता छ।
पछिल्लो समय कर्णालीका दलितले विभेद भोगिरहेका छन्। यस्तै पीडा कर्णालीका दुई दलित युवाले भोगेका छन्। जाजरकोटका नवराज विक र हुम्लाका चन्द्रे कामी। जाजरकोटका नवराज विकको लखेटी लखेटी हत्या भयो। नवराजको घाउ सेलाउन नपाउँदै हुम्लाको सर्केगाड गाउँपालिका(१ का चन्द्रे कामी जातीय विभेदको सिकार भएका छन्।
चन्द्रेको मुगुको सोरु गाउँपालिका–४ की सुन्तली मल्लसँग प्रेम बस्यो। दुवैले भागी बिहे गरे। तर, सुन्तलीका आफन्तले उनीहरूबीचको प्रेम सम्बन्ध तोडेका छन् । चन्द्रे र सुन्तली तीन वर्षदेखि प्रेमको डोरीमा बाँधिएका थिए।
तर, तीन वर्षमै दुईबीचको प्रेमको मुना निमोठिएको छ। अर्थात् चन्द्रेबाट सुन्तलीलाई उनका आफन्तले अलग गरेका छन्। अन्तरजातीय विवाह कानुनी रूपमै ठूलो सजायको विषय थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment