अफ्रिका कपकाे अन्तिम १६ मा पुग्याे माेराेक्काे
काठमाडौं। मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ। शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेकाे हाे।
१६औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोराेक्कोले अग्रता बनायाे। निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोराेक्कोले जितसँगै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो।
प्रतियोगिताअन्तर्गत समूह ‘सी’ मा रहेको मोराेक्कोले दुई खेलबाट ६ अंक जोडेको छ। उसले एक खेलअगावै नकआउट यात्रा तय गर्याे। दुई खेल खेल्दा पनि अंकविहीन रहेको कोमोरोस तालिकाको पुछारमा छ।
अन्य खेलमा गाबोन र घाना १-१ को बराबरीमा रोकिँदा समूह ‘बी’ को खेलमा मलावीले जिम्बाबेलाई २-१ ले पराजित गरेकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment