पीएम कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता: खेलाडीमा कोरोना देखिपछि खेल स्थगित

डिसी नेपाल
२ माघ २०७८ ६:४६
68
Shares

काठमाडौं। काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीमा कोरोना देखिएको छ। शनिबार तय भएको नेपाल पुलिस र प्रदेश एकको खेलमा कोरोना संक्रमण भएपछि खेल स्थगित गरिएको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेश एकका एक खेलाडीमा कोरोना देखिएको बताएको छ।

‘प्रदेश एकको खेलाडीहरुको कोभिड परिक्षण गर्दा एक खेलाडीको मात्र पोजिटिभ रिपोर्ट आएको क्यानले बताएको छ । समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

यता प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ। स्थगित खेल भोलि (सोमबार) हुने र आज (आईतबार) का खेल नियमित समयमा सुरु हुनेसमेत क्यानले जनाएको छ।

आइतबार पीएम कपमा दुई खेल हुनेछ । प्रदेश एक र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *