विराट कोहलीले टेस्टको कप्तानबाट पनि राजीनामा दिएपछि रोहित शर्माले के भने ?

डिसी नेपाल
२ माघ २०७८ ११:०१
1.0k
Shares

काठमाडौं। विराट कोहलीले शनिबार भारतको टेस्ट क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् । यसअघि टि–२० को कप्तानबाट आफैं राजीनामा दिएका र एकदिवसीय कप्तानबाट हटाइएका कोहली अब भारतीय टिमको लागि केवल ब्याटर मात्रै रहनेछन् । कोहलीले टेस्टको कप्तानी छोडेपछि फ्यानका साथै दिग्गज क्रिकेटर पनि स्तब्ध छन् । यो कडीमा भारतका सीमित ओभरको क्रिकेट टिमका कप्तान रोहित शर्मा पनि जोडिएका छन् ।

 

View this post on Instagram

 

A post shared by Rohit Sharma (@rohitsharma45)

हिटम्यान रोहित शर्माले विराट कोहलीले टेस्टको कप्तानी छोडेको प्रति आश्चर्य व्यक्त गरेका छन् । रोहितले इन्स्टाग्राममा लेखेका छन् ‘आश्चर्यमा छु तर भारतीय कप्तानको रुपमा सफल पारिको लागि बधाइ । अगाडिको लागि धेरै शुभकामना ।’ कोहलीले कप्तानी छोडेपछि रोहित शर्मा टेस्ट टिमको पनि कप्तान बन्ने दावेदार हुन् । टेस्टको कप्तानको रेसमा केएल राहुल, श्रेयस अय्यर र विकेटकिपर ब्याटर ऋषभ पन्त पनि छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *