२०२२ को टि–२० विश्वकपमा पनि भारत र पाकिस्तान समूह चरणमै भिड्ने

डिसी नेपाल
७ माघ २०७८ १०:३०

काठमाडौं। २०२२ को अक्टोबरमा अस्ट्रेलियामा हुने टि–२० विश्वकपको तालिका सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको तालिका अनुसार २२ अक्टोबरदेखि प्रतियोगिताको सुरुवात हुनेछ । पहिलो राउण्डको खेल १६ अक्टोबरदेखि हुनेछ ।

पहिलो राउण्डमा खेल्ने ८ टिम्मध्ये ४ टिम यसअघि नै निश्चित भइसकेका छन् । श्रीलंका, वेष्ट इण्डिज, स्कटल्याण्ड र नामिबिया छनोट भइसकेका छन् । अन्य ४ टिमको भने छनोट हुन बाँकी छ । यसका लागि क्वालिफायर हेल हुनै बाँकी छ र नेपाल पनि क्वालिफायरमा खेल्नेछ ।

सुपर १२ को पहिलो खेल २२ अक्टोबरमा सिड्टी क्रिकेट ग्राउण्डमा अस्ट्रेलिया र न्यूजिल्याण्डबीच खेल हुनेछ । समूह चरणमै २३ अक्टोबरमा मेलबर्न क्रिकेट ग्राउण्डमा भारत र पाकिस्तानबीच हाइभोल्टेज खेल हुनेछ । २०२१ को टि–२० विश्वकपमा पनि भारत र पाकिस्तानको खेल समूह चरणमै परेको थियो जुन खेल पाकिस्तानले जितेको थियो ।

यो विश्वकप अस्ट्रेलियाका ७ क्रिकेट मैदानमा खेलिनेछ । १३ नोभेम्बरमा फाइनल हुनेछ । यो विश्वकपमा कूल १६ टिमले ४५ खेल खेल्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *