अफ्रिका कप अफ नेसन्स: गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा
काठमाडौं। गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सीमित कोमोरोसलाई २-१ ले पराजित गर्याे।
जितसँगै क्यामरुनले अन्तिम आठमा गाम्बियासँगको भेट पक्का गरेको छ। गए रातिनै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्याे। गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औं मिनेटमा निर्णायक गोल गरे। खेलमा दुबै टोली १० खेलाडीमा सीमित थिए। अब शनिबार हुने क्वाटरफाइनलमा यी दुई टोली भिड्ने छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment