राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा

डिसी नेपाल
१२ माघ २०७८ १७:१४
2.4k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरी खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईएको नक्कली प्रमाणपत्र पेस गरी खड्काले प्रहरीमा जागिर खाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

खड्का २०५५ साल कात्तिक १ गते प्रहरी सहायक निरिक्षकमा भर्ना भएका थिए। उनी महानगरीय प्रहरी गण नम्बर २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद गतिविधिमा कार्यरत थिए। खड्काले प्रहरीमा पेस गरेको आईएको प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेको थियो ।

अनुसन्धानमा खड्काले भारतको माध्यमिक शिक्षा परिषद वाराणशी उत्तरप्रदेशबाट जारी भएको आईएको नक्कली प्रमाण पत्र पेस गरी भर्ना भएको देखिएको छ।

भ्रष्टाचार निवारण ऐन २०१७ को दवाफ १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ को उपदफ १ अनुसारको कसुर गरेका प्रमाण पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *