कर्णालीमा भारी हिमपात (फाेटाे फिचर)
मुगु। कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएकाे छ। मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएकाे छ।

मुगुस्थित रारा विमानस्थलमा हवाइ उडान ठप्प भएकाे छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेकाे छैन।

कर्णालीमा यो तेस्रो पटक हिमपात भएकाे हाे। यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो। माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएकाे हाे । आज पनि हिमपात भइरहेकाे छ।

मुगुका प्राय: सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारमा लगायतका क्षेत्रमा हिमपात भएको छ। जुम्लाका सबै स्थानीय तहका क्षेत्रमा पनि हिमपात भएको छ।



No ads found for this position

डिसी नेपाल
Facebook Comment